वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ ।

रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षिय धवलको बुधबार राती रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।

धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रोपटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij