बुटवलमा साढे २ करोडको लगानीमा ‘नेपाली लुगा घर’ सञ्चालन हुँदै

बुटवलमा साढे २ करोडको लगानीमा ‘नेपाली लुगा घर’ सञ्चालन हुँदै

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आउने भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगामी असोज ३ गते देखि नेपाली लुगा घर सञ्चालनमा आउने भएको हो ।

 

नेपाली लुगा घरले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गर्न लागेको बताएको छ ।

 

नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले उद्योग देखि सोझै ग्राहकको शरिर सम्म कपडा पुराउने नेपाली लुगा घरको मुख्य उद्देश्य रहेको बताए ।

 

नेपाली लुगा घरको असोज ३ गते देखि ६ गते सम्म उद्घाटन कार्यक्रमका साथ फुड फेस्टिवल र गजल साझ समेत हुने उनले बताए ।

 

नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने उनको भनाई छ ।

 

साढे २ करोडको लगानीमा सञ्चालनमा आउन लागेको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गर्ने योजना पनि बनाएको छ ।

 

असोज ३ गते देखि ६ गते सम्म लुगा घर उद्घाटनकै अवसरमा गजल सांझ समेत हुनेछ । गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेनछ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij