संविधान दिवसको दिन बुटवलमा संविधान पुनर्लेखनकाे औंचित्य र आवश्यकता विषयक अन्तरसम्वाद

संविधान दिवसको दिन बुटवलमा संविधान पुनर्लेखनकाे औंचित्य र आवश्यकता विषयक अन्तरसम्वाद

बुटवल,
राज्यका विभिन्न निकनयले तामझामका साथ संविधान मनाइरहदा संविधानबाट असन्तुष्ट पक्षले भने संविधान पुनर्लेखनकाे आवाज उठाएको छ ।

संविधान पुनर्लेखनकाे माग गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले संविधान दिवसकै दिन आज बुटवलमा `संविधान २०७२ पुनर्लेखनकाे औंचित्य र आवस्यकता´बिषयक सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रम गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदकाे आह्वानमा पार्टीको प्रदेश समितिकाे समन्वय र जिल्ला समितिकाे ब्यवस्थापनमा आयाेजित सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी कार्यकारी अध्यक्ष केशव सुर्यवंशी संविधान पुनर्लेखनकाे एजेन्डा नितान्त राजनीतिक भएको भन्दै त्यसका लागि राजनीतिक सहमति आवश्यक रहेको बताए ।

२०६३ सालको अन्तरिम संविधान भन्दा २०७२ काे संविधान अझै अस्पष्ट,अब्यवहारीक भएको बताउदै उनलेे अन्तरिम संविधानले सम्बाेधन गरेका जनताका अधिकार समेत २०७२ सालको संविधानले खाेसेकाेले आफुहरूले संविधान पुनर्लेखनकाे माग गरेको उल्लेख गरे ।

राज्यको पुनर्संरचना,शासकीय स्वरूप,निर्वाचन प्रणालीमै आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउदै उनलेे संविधानकाे आधारभूत रूपमै परिवर्तन गर्नुपर्ने भएकोले संसाेधनकाे माध्यमबाट सम्भव नहुने बताए ।

राज्य पुनर्संरचनामा ठूलो छल भएको भन्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले राज्यको पुनर्संरचना प्रति जनमुक्ति पार्टीको गम्भीर असहमति रहेको बताए ।

काेशी प्रदेश नामाकरणकाे बिषलाई लिएर भएको आन्दोलन प्रति इंगित गर्दै उनलेे संविधानप्रति जनताको आवाज भुसकाे आगाे जस्तै सल्किएकाे र त्यलाई समयमै सम्बाेधन नभए भुसकाे आगाे बारूद बनेर पड्किनसक्ने तर्फ सचेत गराए ।

नेपाली जनताले खाेजेकाे संघीयता अहिले अभ्यास गरिएको जस्तो संघीयता नभएको दाबी गर्दै उनलेे अहिले अभ्यास गरिएको संघीयताकाे माेडेलले संघीयतालाई बदनाम गरेकाे धारणा राखे ।

मुलुक संघीयतामा जानुअघि पाैने दुई लाख जनप्रतिनिधि थिए रहेको स्मरण गर्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले अहिले ३५/४० हजारमा सिमित गरे पनि संघीयताले खर्च बढायो भनेर भ्रम फैलाउने षड्यन्त्र भैरहेको प्रति सजग हुनुपर्नेमा जाेड दिए ।

उनलेे भने-` संविधानले जिल्ललाई चिन्दैन तर ७७ वटा जिल्ला प्रशासन कार्यालय कायमै गरिएको छ ।जिल्ला शिक्षा कार्यालय ब्युताउने कुरा भैरहेको छ । संविधानले नचिनेका निकाय कनयमै राख्ने,त्यस्ता निकाय अझै थप्न खाेज्ने अनि संघीयता महंगो भयो भन्ने ?´

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य बामदेव क्षेत्रीले संविधानमा सबै क्षेत्रका माग सम्बाेधन नभए पनि राजतन्त्रको अन्त गरि संघीय लाेकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता सहितको संविधान घाेषणा हुनु आफैमा महत्त्वपूर्ण भएको बताए ।

संविधान समाप्त पारेर मुलुकमा राजतन्त्र ल्याउने षड्यन्त्र भैरहेको भन्दै उनलेे अहिले त्यसको नेतृत्व राप्रपाले गरे पनि त्यसको पछाडि अरू शक्ति पनि रहेको रहेको दाबी गरे ।

टिआरसी नटुंग्याए मुलुकमा पुन द्वन्द निम्तिने भन्दै पाेलिट्ब्युराे सदस्य क्षेत्रीले त्यो द्वन्द्व माओवादी जनयुद्ध भन्दा अझै भयानक हुने चेतावनी दिए ।

जनमुक्ति पार्टीले उठाएका धेरैजसो माग संविधानकाे प्रस्तावनामा समेटिएको दाबी गर्दै उनलेे संविधानमा ब्यवस्था भएका माैलिक हक कार्यान्वयन गर्न सके मुलुकमा समाजवाद आउने धारणा राखे ।

उनलेे कांग्रेस, एमाले,माओवादीका असन्तुष्ट मत लिएर स्वतन्त्र पार्टी ठूलो पार्टी बनेकाे भन्दै उनलेे तर पार्टीको राजनीतिक धरातल नभएको बताए ।

उनलेे भने-`जनताले विकल्प खाेजेका छन् तर त्यो विकल्प स्वतन्त्र पार्टी भने होइन ।´

नेपाली कांग्रेस रूपन्देहीका काेषाध्यक्ष ही अर्यालले संविधानमा धेरै कुरा उल्लेख भएको तर कार्यान्वयन नभएको बताए ।

छिमेकी मुलुक भारत र ३३ दलको बिराेधका बाबजुद संविधान जारी हुनु आफैमा महत्त्वपूर्ण भएको भन्दै उनलेे कार्यान्वयन हुननसक्ने कुरा संविधानमा लेख्दैमा केही नहुने धारणा राखे ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले संविधाननै जारी हुदैनकि भन्ने अवस्थामा संविधान जारी भएको स्मरण गर्दै त्यस्तो अवस्थामा संविधान जारी हुनु आफैमा उपलब्धि भएको बताए ।

संविधानमा रहेका कमि कमजोरीहरूलाई सच्याउदै जान सकिने भन्दै उनलेे केही कमि कमजोरीका बाबजुद पनि नेपालकाे संविधान विश्वमै उत्कृष्ठ रहेको दाबी गरे ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी रूपन्देही सचिव मन्जित चाैधरीले संविधान पुनर्लेखन जरुरी रहेको बताउदै टिकापुर आन्दोलन पहिचानको आन्दोलन भएको बताए ।

विदेशमा जनावरको समेत पहिचान हुनेगरी सडकको नामाकरण गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै उनलेे नेपालमा मानव जातीकाे पहिचान दिन पनि हिच्किचाउनु पर्याे ? भनी प्रश्न गरे ।
उनलेे पहिचानवादी दलबीच एकता हुनुपर्नेमा जाेड दिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रूपन्देहीका सचिवालय सदस्य बिक्रम नेपालीले आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिनेकाे रूपमा मनाउँदै आएको भन्दै बर्तमान संविधानबाट जनताका अधिकार स्थापित हुन नसक्ने दाबी गरे ।
उनलेे संघीय जनगणतान्त्र नेपालकाे संविधान जारी गर्नुपर्नेमा जाेड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रूपन्देहीकाअध्यक्ष चित्र तुलाचनले पहिचानवादीहरू एकजुट नहुदा आदिवासी जनजातिका माग सम्बाेधन हुननसकेकाे बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीका अध्यक्ष प्रेम थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका संघीय परिषद सचिक गीता सारूले कार्यक्रमकाे औंचित्यबारे प्रकाश पार्दै संविधान दिवसलाई पार्टीले खबरदारीकाे रूपमा मनाउदै आए पनि यसपटक सर्वपक्षीय अन्तरसम्वाद गरिएको जानकारी गराइन् ।

प्रकाशित मिति : बुधबार, असोज ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij