लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको नेतृत्वकाे टोली आज चीन प्रस्थान गरेको छ ।
चीनको दन्हुन् सिटिको निमन्त्रणमा नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको नेतृत्वमा नगरका उपप्रमुख कल्पना हरिजन,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,प्रवक्ता ईनामुल्लाह फकिर,लेखा अधिकृत रामचन्द्र अर्याल,वडाअध्यक्ष नईमुल्लाह खाँन,विनोद श्रीवास्तव,वन अधिकृत सन्तोषी पाण्डे,ईञ्जिनीयर आशिष यादव,समन्वय अधिकृत तुल्सीराम लामिछाने,प्रशासन शाखा प्रमुख शोभाखर पौडेल चीन भ्रमण प्रस्थान गरेका हुन् ।
चीन भ्रमणका क्रममा दुई सिटि बिच भगिनी सम्बन्ध थप विस्तार हुने नगरपालिकाे विश्वास छ ।
बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध दर्शनको प्रचारप्रसार गरी नेपालको विश्वब्यापी रुपमा पहिचान स्थापित गराउन लुम्बिनी साँस्कृतिक नगरपालिका कटिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताए । साथै,चीन सरकार लुम्बिनी साँस्कृतिक नगरसंग पारस्परिक सम्बन्ध कायम गर्न चाहेको र आफुहरु पनि तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाई छ ।
चीनका विभिन्न सहरमा पर्यटन प्रर्वद्धन,संस्कृति र कला लगायतका क्षेत्रमा अनुभव आदान प्रदान कार्यक्रम रहने छ । भ्रमण ७ दिनको रहने जनाईएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्