बुटवल
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । सरकारको भदौ २६ गते बसेको बैठकले रोल्पाका सुधनकुमार वली र कपिलवस्तुका सरोज खनाललाई नियुक्त गर्नेछ निर्णय गरेको सरकारका प्रवक्ता एवं गृह मन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
नवनियुक्त दुवै जना सदस्यले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
उपाध्यक्ष नियुक्त गरेको चार महिनापछि प्रदेश सरकारले दुई जना सदस्य नियुक्त गरेको हो ।
प्रदेश सरकारले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्षमा गत वैशाखमा तुलसीपुर उपमहानगरपालिका–६ दाङका डा. नहकुल केसीलाई नियुक्त गरेको थियो । डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । उनि गरिबी निवारण कोषका पूर्व कार्यकारी निर्देशक पनि हुन् ।
प्रदेश योजना आयोग ५ सदस्यीय हुने व्यवस्था छ । दुई जना नियुक्त भएपछि अब एक महिला सदस्य नियुक्त गर्न बाँकी रहेको र महिला सदस्य पनि छिट्टै नियुक्त हुने प्रक्रियामा रहेको सरकारका प्रवक्ता एवं गृह मन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, असोज ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्