चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : राष्ट्रपति सी

चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : राष्ट्रपति सी

काठमाण्डौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज बिहान अमेरिकाबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताएको नेपालका लागि चीनियाँ दूतावासले जनाएको छ ।

प्रचण्डले विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ । यस्तै, चिनियाँ राष्ट्रपति सी ले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको बताए ।

सीले नेपाल–चीन द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तथा नेपालसँग विकास रणनीतिलाई सुदृढ गर्न इच्छुक रहेको बताए ।

प्रकाशित मिति : शनिबार, असोज ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij