बुटवल,८ असाेज ।
आज विश्व फार्मेसी दिवस बुटवलमा पनि शुभकामना आदानप्रदान गरी मनाईएको छ ।
नेपाल फार्मेसी संघ रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरी विश्व फार्मेसी दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले औषधि वितरण मात्रै नभएर जनस्वास्थ्यका हिसावले पनि फर्मासिष्टको धेरै महत्व रहेको बताए । फर्मासिष्टका समस्या जनताकाे जिवनसँग पनि जाेडिएकाे भन्दै उनलेे समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्वता जनाए ।
उनलेे फर्मासिष्टका समस्या समाधानको लागि सरकारी तथा गैरसरकारी क्षेत्रका स्वास्थ्य संस्थामा फर्मासिष्टको दरवन्दी सिर्जना गराउनको लागि प्रदेश तथा संघीय सरकारसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । फार्मेसी संघले उठान गरेका माग जायज रहेको बताउँदै उहाँले जायज माग सम्बोधन गर्न सरकारसंग आग्रह गरे ।
अहिले पनि दुरदराजमा कार्यालय सहयोगीका भरमा स्वास्थ्य संस्था चलिरहेको समाचार आईरहेको बताउँदै उनले जहाँ औषधि त्यहाँ फर्मासिष्ट भन्ने नारन साकार भए जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
संघीयताको कार्यान्वयन पछि पनि केन्द्रिकृत मानसिकता त्याग्न नसकेका कारण पदेश तथा स्थानीय तहले राम्रोसंग काम गर्न नपाएको उल्लेख गर्दै उनले प्रदेशमा बनेका कानुन समेत कार्यान्वयनमा आउन नसकेको बताए ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्दीय सदस्य ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, सल्लाहकार धर्मराज भट्टराईले शुभकामना व्यक्त गर्दै विश्वमा गलत औषधिको प्रयोगबाट प्रत्येक वर्ष ४ लाख ४० हजार मानिसको मुत्युहुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो औषधि वितरण हुने स्थानमा फर्मासिष्टको अभावका कारण भएको र सुधारका लागि औषधि औषधि विक्रि वितरण हुने स्थानमा अनिवार्य फर्मासिष्ट हुनु पर्नेमा जोड दिएका थिए ।
संघका रुपन्देही अध्यक्ष गणेश सेढाईले राज्यले ‘जहाँ औषधि, त्यहाँ फर्मासिष्ट’लाई अंगिकार गरेपनि कार्यान्वयन नहुनु दुःखद रहेको बताउँदै औषधिको प्रयोग हुने ठाउँमा अनिवार्य फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने माग गरे ।
अध्यक्ष सेढाईका अनुसार सन् २०१५ मा नेपाल फार्मेसी संघ गठन गरिएको थियो । त्यस्तै रुपन्देहीमा २०७८ मा जिल्ला शाखा गठन गरिएको थियो । संघका महासचिव उदयबहादुर खत्रीका अनुसार सहि औषधिको प्रयोगलाई प्रवद्र्धन गर्नको लागि राज्यका निकायमा फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने, औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्टको व्यवस्था गर्नुपर्ने संघले माग गर्दै आएको छ ।
फार्मासिस्ट औषधिकाे भण्डारण र बिक्रीवितरण गर्ने मात्रै नभएर औषधिका विज्ञ भएको भन्दै संघले औषधिको प्रयोगमा देखिने समस्यालाई समाधान गर्न र औषधि वितरणदेखि परामर्शसम्मको चरणमा हुने त्रुटिहरुलाई न्यून गरी विरामीको स्वास्थ्य रक्षा गर्नमा अहम् भूमिका खेलेकाे जनाएको छ ।
अन्तर्राष्ट्रिय फार्मास्युटिकल महासंघ (एफ.आई.पी.) परिषदको सन् २००९ मा टर्कीमा बसेको बैठकले सेप्टेम्बर २५ लाई विश्व फार्मासिष्ट दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
त्यसयता प्रत्यक वर्ष २५ सेप्टेम्बरमा फार्मासिष्ट दिवस मनाउँदै आईएको छ । यो वर्ष ‘फर्मासिष्ट स्टेन्थिनिङ हेल्थ सिष्टम’ भन्ने नाराका साथ फार्मेसी दिवस मनाईएको छ ।
प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्