रूपन्देहीको तिलोत्तमा नगरपालिका १५ मा रहेको नेपाल अविनास आश्रममा युवाहरुले रङ्गरोगन गरेका छन् । स्थानीय युवाहरूको सहयोग र सहभागितामा अाश्रममा रङराेगन गरिएको हाे । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समिति सयोजक रवि सेन्चुरी , कार्यपालिका सदस्य नर बहादुर छन्त्याल , स्थानीय युवामैत्री शासन अभियान्ता जीवन पाण्डे , दिपक पुन लगाएत युवा साथिहरुले रङ्गरोगन गरेका थिए । यसभन्दा अघि संविधान दिवासकाे दिनमा पनि साे समुहले विद्यार्थीहरुलाई किताब र कापी कलम वितरण गरेका थिए । सानो सानो सहयोग र कामले पनि समाज रुपान्तरणमा सहयोग पुग्छ भन्ने बिश्वास लिएको जीवन पाण्डेले बताए । यस्तै सामाजिक काममा निरन्तर लाग्ने भन्दै सहयोग गर्न पाउँदा मनमा आनन्द मिलेको बताउँदै आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत जोडिदै अघि बढ्ने पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, असोज ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्