बुटवल -सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखा ले छैठौ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार छैटौं बार्षिकोत्सवको अवसरमा देशैभर भएको रगतको अभावलाई न्युनीकरण गर्नको लागी बुटवल एरियाको आयोजना मा ब्ल्ड बैंक बुटवल भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको बुटवल शाखा प्रबन्धक भिम प्रसाद सुवेदी ले जानकारी दिनुभयो ।
सामाजिक दायित्व अन्तर्गत बिभिन्न कार्यक्रम गरेको कन्पनीले बार्षिकोत्सवको अवसरमा बुटवल, पोखरा र जमल काठमाडौं मा एकै साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स ले यो बर्षको नारा निरन्तर अघि बढ्दै , हरेक बर्ष आकर्षक प्रगति गर्दै , हरेक बर्ष नेपालिहरुको मुहारमा थप मुस्कान छर्दै तय गरेको हो ।
कार्यक्रम क्षेत्रीय शाखा प्रबन्धक, शाखा प्रबन्धक , सिनियर एजेन्सि म्यानेजर तथा एजेन्सि म्यानेजर एवम सिटिजन लिडर हरुको उत्साह जनक उपस्थिति रहेको थियो ।
छैटौं बार्षिकोत्सवको अवसरमा कम्पनीले सबै बीमित, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकाय, शेयरधनी लगानीकर्ताहरु सञ्चालक समिति र कम्पनीमा आजका अवस्थामा ल्याईपुर्याउन योगदान पुर्याउने सबैमा हार्दिक कृतज्ञता ज्ञापन समेत गरेको छ ।
२०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आजबाट छ वर्ष पुरा भई सातौं वर्षमा प्रवेश गरेको हो ।सातौं वर्षमा पुग्दा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भइसकेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्