पुर्व मुख्यमन्त्री सग युवा सम्वाद कार्यक्रम सम्पन्न

पुर्व मुख्यमन्त्री सग युवा सम्वाद कार्यक्रम सम्पन्न

तिलोत्तमा-युवामैत्री स्थानीय शासन अभियानका युवाहरु तिलोत्तमा नगरपालिकामा युवा लक्षित विभिन्न सृजनशिल कार्यक्रमहरु आयोजना गर्दै आएका छन । त्यसै अन्तर्गत युवाहरुले पुर्व मुख्य मन्त्री सग भेटघाट तथा सम-सामायिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेका छन । उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समिती सयोजक रवि सेन्चुरीले युवाहरुलाई विभिन्न सृजनशिल कार्यक्रममा जोड्दै नेतृत्व विकास, क्षामता विकास र समाज प्रती उत्तरदायी बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो भन्ने पुर्व मुख्य मन्त्रीले आफ्नो अनुभव , सघर्ष र राजनैतिक यात्रा बारे अनुभव सुनाउदै युवाहरुको विभिन्न प्रश्नको उत्तरहरु पनि दिनुभएको थियो । आफू निरन्तर समाजिक कार्य गर्दै समाज सगै जोडिएका कारण यस स्थान सम्म पुगेको बताउदै युवाहरुलाई समाजिक क्षेत्रमा जोडिएर अघि बढ्न सुझाब दिदै, युवाले कृषि, पर्यटनको माध्यम जोडिदै अघि बढ्नु पर्ने र स्थानीय स्रोतसाधनको प्रयोग गरेर तहगत रुप विकास गर्नुपर्ने बताउनु भएको थियो । स्थानीय क्षेत्रमा विभिन्न काम जसलाई हामिले अगाल्न ( काम गर्न) सरम माने पनि त्यही काम बाट आर्बौ रकम बाहिरी देशमा गैरहेको कुरालाई इगित गर्दै युवाहरुले स्वादेशमै केही गर्नु पर्नेमा जोड दिदै युवाहरु श्रममा जोड्न आवश्यक रहेको बताउनु भएको थियो । स्थाई सरकारले मात्र देशमा निकास दिने बताउनु भएको नेपालमा स्थायी सरकारको आवश्यक रहेको उल्लेख गर्दै शासन व्यवस्था परिवर्तन भएपनी अझै समाजिक सरचना परिवर्तन भैनसकेकोले विकासमा सोचे अनुरुप हुन नसकेको बताउनु भएको थियो । कार्यक्रममा नमस्ते नेपाल, रिभर साइड युवा क्लब, नव टिकुली गढ युवा क्लब, विभिन्न क्षेत्रका युवा सगै १७ वटा वडाका युवा प्रतिनिधि सहित तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य नर बहादुर छन्त्याल , वडा सदस्यहरु मिलन राना, लभसन गुरुङ्गको उपस्थित रहेको थियो । आगामी दिनमा अझ युवा केन्द्रित विभिन्न सृजनशिल काम मार्फत युवाहरुलाई जोड्दै समृद्ध तिलोत्तमाका निम्ति युवा सहभागीमा जोड दिदै अघि बढ्ने युवा मैत्री स्थानीय शासन अभियान्ता जीवन पाण्डेले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, कार्तिक ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij