दाङ – दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् ।
तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल जारी गरेको हो । राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ।
यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारकाे याे व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् ।
प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर – २ का गणेश भण्डारीले बताउनुभयो । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्