चार्डपर्वलाई लक्षित गर्दै लुम्बिनीमा बजार अनुगमन सुरु

चार्डपर्वलाई लक्षित गर्दै लुम्बिनीमा बजार अनुगमन सुरु

 

लुम्बिनी -चार्डपर्वलाई लक्षित गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाले बजार अनुगमनलाई जोड दिएको छ । नगरपालिकाका उपमेयर कल्पना हरिजनको नेतृत्वमा शुक्रबार देखि अनुगमन सुरु भएको हो । खासगरि चार्डपर्वलाई मध्येनजर गर्दै मापदण्ड विपरित खरिदबिक्री हुने हुँदा सो कार्यलाई रोक्न नगरपालिकाले बजार अनुगमनलाई जोड् दिएको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१०का केही पसलहरुमा पहिलो अनुगमन भएको छ ।किराना पसल,फलफुल र मिठाई पसललाई जोड दिई अनुगमन गरिएको र अनुगमनका क्रममा मुल्य सुचि नभएको,दर्ता प्रमाणपत्र भएपनि नविकरण नभएको,केही खाद्य बस्तुहरुको म्याद गुज्रिएको,दर्तामा उल्लेख गरिएको सामान भन्दा बाहिरको सामान बिक्रि वितरण भएको पाईएको उपमेयर तथा अनुगमन संयोजक कल्पना हरिजनले जानकारी दिईन् ।

उपभोक्ता र सेवाग्राहीहरुलाई मर्का नपरोस र व्यवसायहरुलाई करको दायरामा ल्याउन यो अनुगमनलाई विशेष चासो दिइएको बताईएको छ । अनुगमनका क्रममा मापदण्ड विपरित फेला परेका पेट्रोलियम पदार्थ नष्ट गरिएको छ ।वेदर्ता व्यवसायहरुलाई तुरुन्त व्यवसाय दर्ता गरि सञ्चालन गर्न सुझाव प्रदान गरिएको छ ।

अनुगमनमा आपुर्ति तथा वाणिज्य कार्यालयका लक्ष्मी शर्मा,लुम्बिनी साँस्कृतिक नगरपालिका लेखा अधिकृत रामचन्द्र अर्याल,प्रशासन शाखा प्रमुख शोभाखर पौडेल,राजश्व शाखा प्रमुख डब्लु हरिजन,कर्मचारी अमरमणी त्रिपाठी,अखलेश कुमार पाण्डेय,प्रहरी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij