प्युठान,
प्यूठानकाे ददेरीमा माेटरसाइकलकाे ठक्करबाट एक बृद्धाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा सरूमारानी गाउँपालिका-२, ददेरी निवासी बर्ष ७५ का सत्यमाेहन अमात्य रहेका छन् ।
शुक्रबार दाङकाे भालुवाङबाट प्यूठानकाे दर्भान तर्फ जाँदै गरेकाे लु ३९ प ८४१५ नम्बरकाे माेटरसाइकलले भालुवाङ-प्यूठान सडक खण्डकाे ददेरीमा ठक्कर दिंदा सरूमारानी गाउँपालिका-२, ददेरी निवासी बर्ष ७५ का सत्यमाेहन अमात्यकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते भएका अमात्यलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपछि डाक्टरले मृत घाेषणा गरेका थिए । त्यस्तै माेटरसाइकल पछाडी सवार स्वर्गद्वारी नगरपालिका-३, जलुके निवासी १६ बर्षिय तिर्सना पुन घाइते भएकी छन् ।
उनको भालुवाङ स्थित राप्ती पाेलिक्लिनकमा उपचारपछि घर पठाईएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ ।
ठक्कर दिने माेटरसाइकल चालक सरूमारानी गाउँपालिका-१, दर्भानका १८ बर्षिय अनबर अलि र माेटरसाइकललाई प्रहरी चाैकी दर्भानले नियन्त्रणमा लिएकाे छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्