भन्सार छलेर ल्याएको झन्डै ३ हजार कुखुरा नष्ट

भन्सार छलेर ल्याएको झन्डै ३ हजार कुखुरा नष्ट

बुटवल,

भारतबाट भन्सार छलेर ल्याइएको झन्डै ३ हजार कुखुरा भन्सार कार्यालयको पशु क्वारेन्टाइनले नष्ट गरेको छ । अबैध बाटो हुँदै ल्याइएका तीन गाडी कुखुरा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएपछि क्वारेन्टाइनमार्फत कुखुरा नष्ट गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका–१, हात्तीबजारमा लु २ च ४८६१, बुटवल उपमहानगरपालिका–१४ बेलभरियामा लु २ च ६९०३ र देवदहमा लु १ च ५८९६ नम्बरको बलेरो गाडीसहित
स्थानीयले कुखुरा पक्राउ गरेका थिए ।

स्थानीय युवाहरूले पक्राउ गरेका कुखुरासहितका गाडी सालझण्डी, बुटवल र देवदह प्रहरी चौकीलाई बुझाइएको तामनगरका युवा ईश्वर सुवेदीले बताए । तीनवटै प्रहरी युनिटले पक्राउ परेका गाडीसहितका कुखुरा क्वारेन्टाइन चेकपोस्टमा पठाएको थियो ।अनुसन्धानमा खरिद बिलबिना भन्सार छलेर ल्याइएको देखिएपछि क्वारेन्टाइनले कुखुरा नष्ट गरी गाडी भन्सार चलान गरेको रुपन्देही प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक किशोर केसीले बताए ।

प्रकाशित मिति : शनिबार, मंसिर २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij