बिरामीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार

बिरामीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार

 

रूपन्देही । अस्पतालमा उपचाररत सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन

कुटपिटबाट गम्भीर घाइते डाक्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । डाक्टर बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ ।

मङ्गलवार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

बिरामीको मृत्युपछि भएको विवाद समाधान गर्न बसेको समयमा मेसुमाथि आक्रोशित बिरामीका आफन्तले हातपात गरेका हुन् ।

अस्पताल श्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको अस्पताल श्रोतले बताएको छ ।

 

छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल श्रोतले बताएको छ ।

 

अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहनामा राखिएको छ ।

 

मृतकका आफन्तहरूको आक्रमणमा अस्पतालको प्रशासनिक भवनका झ्याल ढोका लगायतका फर्निचरहरू तोडफोड भएको छ। अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।

 

राती २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

 

लुम्बिनी चिकित्सक संघका सचिव डाक्टर सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुर्भाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।

प्रकाशित मिति : बुधबार, मंसिर १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij