पाल्पा – चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा १८ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको छ । तिनाउ गाउँपालिका–४ को सत्यवती तालको धार्मिक मेलामा १८ लाख ५० हजार तीन सय ३१ रुपैयाँ सङ्कलन भएको हो ।
यही मङ्सिर ७ देखि ११ गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोगबापत १८ लाख रुपैयाँभन्दा धेरै सङ्कलन भएको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । आर्थिक पारदर्शिताका लागि मेला सकिएसँगै मन्दिर व्यवस्थापन समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा आम्दानीको हिसाब सम्पन्न भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा प= र्ने वर्ष मात्र सत्यवती मेला लाग्ने गरेकाेमा अहिले अहिले बाह्रै महिना दर्शनार्थी सत्यवती तालमा पुग्ने गरेका छन् । सत्यवती तालमा पुगेपछि बाँसको लिङ्गो गाड्ने र राती पूजा गर्दा त्यही लिङ्गो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग नपरेको भए पनि एक लाख ५० हजारभन्दा बढी भक्तजन तालमा पुगेका आयोजकले जनाएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्