काठमाण्डौ – पश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको हो । मौसम बदली भएसँगै चिसो बढेको छ । आज कोशी र मधेश प्रदेशबाहेक देशका अरु ठाउँमा बदली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ । बेलुकीदेखि मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले जनाएको छ
प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्