पूर्वगृहमन्त्री खाण रिहा

पूर्वगृहमन्त्री खाण रिहा

 

काठमाण्डाै

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएको छ । उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा तथा सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

 

त्यसअघि आजै दिउँसो खाणले उच्च अदालत पाटनको हिजो बिहीवारको आदेशअनुसार ३० लाख रुपैयाँ धरौटीबापतको रकम जिल्ला अदालत काठमाण्डौमा पुगेर बैंक ग्यारेन्टी पेस गर्नुभएको थियो । उच्च अदालत पाटनको आदेशअनुसार खाण आज धरौटी रकम जम्मा गर्न जिल्ला अदालत काठमाण्डौ पुग्नुभएको थियो । लगत्तै उहाँलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो ।

 

खाण गएको वैशाख २७ गते बिहान काठमाण्डौको मैजुबहाल घरबाट पक्राउ पर्नुभएको थियो । खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएकाे असार १ मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको थियो । त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij