बुटवल,
नेपाल जेसीजकाे ५० औं राष्ट्रिय महाधिवेशन आज शुक्रबार देखि बुटवलमा सुरु हुदैछ ।
महाधिवेशनकाे सबै तयारी पूरा भएकाे आयाेजक बुटवल जेसीजले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।
महाधिवेशनकाे आज विशेष समाराेहका विच सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुटवल जेसीज स्थापनाकाे ५० वर्ष प्रवेश भएकाे अवसरमा बुटवलमा आयाेजना गरिएकाे राष्ट्रिय महाधिवेशनमा बुटवलबाट विशेष सन्देश दिन खाेजिएकाे महाधिवेशनका कन्भेन्सन डाईरेक्टर जगतबहादुर पाेखरेलले जानकारी दिए ।
महाधिवेशन अगाडि बिहान बुटवलमा झाकी सहितकाे शान्ति पदयात्रा गरिने छ । त्यस्तै बुटवलकै फुलवारीमा स्वर्ण स्मारक सिलन्यास गर्ने तयारी रहेको छ ।
महाधिवेशनमा जनप्रतिनीधिमा निर्वाचित जेसीज सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएकाे उनले बताए ।
त्यसैगरी बुटवलकाे पहिचानलाई जाेडेर गित गाएका गायकलाई सम्ममान गरिने सांस्कृतिक कार्यक्रम संयाेजक बुटवल जेसीजका पुर्व अध्यक्ष विमलराज भट्टराईले बताउनु भयाे । जसकाे लागि ३१ जना गायककार छनाेट गरिएकाे छ ।
महाधिवेशनमा देशभरका १७८ शाखाबाट १२४६ जना र अध्यक्षले मनाेनित गर्ने समेत गरी १४७६ मतभार रहेकाे । महाधिवेशनमा आउने प्रतिनिधि, पर्यावेक्षेक, अतिथि सबैकाे लागि खाना तथा आवासकाे सबै व्यवस्था मिलाई सकिएकाे आयाेजकले जनाएको छ ।
अध्यक्षकाे लागि चार जना प्रतिस्पर्धामा
नेपाल जेसीजकाे अध्यक्ष पदकाे लागि चार जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् ।
अध्यक्ष पदका लागि विजय गुरुङ, रजनी थापा, रविन पाेखरेल, रश्मी सिल्पकार र अनिल शाहीकाे उम्मेदवारी परेकाे थियाे । त्यसमध्ये १ जनाकाे उम्मेदवारी खारेज भएकाे छ ।
त्यसैगरी ४ कार्यकारीणी उपाध्यक्ष पदमा १२ जनाकाे प्रतिस्पर्धा छ भने १२ उपाध्यक्ष पदमा २१ जनाकाे प्रतिस्पर्धामा रहेकाे पनि उनले जानकारी दिए । मतदान पुसकाे १ गते ईलेक्ट्राेनिक भाेटिङ सिस्टमबाट हुने जनाइएको छ ।
महाधिवेशन तयारीका सम्बन्धमा उम्मेद्वार तालिम, अन्तरवार्ता लगायतका कार्यक्रम सकिएकाे नेपाल जेसीजका पूर्व अध्यक्ष अ
नुपमान सैंजूले बताए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्