कसैले पनि लाेकतन्त्रकाे विकल्प नसोचे हुन्छ : देउवा

कसैले पनि लाेकतन्त्रकाे विकल्प नसोचे हुन्छ : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।

 

मेलमिलाप दिवसकाे अवसरमा पार्टीले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरूबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको उहाँकाे भनाइ थियाे ।

 

उहाँले भन्नुभयो, ‘अनेक किसिमका बहाना खोज्नेहरू लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास गरिरहेका छन् । लोकतन्त्रको विकल्प भनेकै सुदृढ लोकतन्त्र हो । यसको विकल्प छैन । कसैले पनि लाेकतन्त्रकाे विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’

 

सभापति देउवाले सबै मिलेर एकता कायम गरी देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, पुष १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij