बुटवल । पूर्वपश्चिम राजमार्गको रुपन्देहीस्थित भलुही जङ्गलमा स्कुटर खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ ।
खरेनीबाट बुटवलतर्फ आउँदै गरेको लु ६७ प ७००४ नम्बरको स्कुटर आज बिहान आफै अनियन्त्रीत भई जिल्ला देवदह नगरपालिका १० भलुहीको जङ्गलमा पर्ने सडक खण्डमा बन्दै गरेको बाटोको पुलको खाल्डोमा खस्दा एकजनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं. ८ बनकिट्टाका निराजन श्रीष मगर रहेका छन् ।
दुर्घटनाबाट गम्भीर घाईते भएका मगरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्