सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

 

भैरहवा,

रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको छ ।जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नै आवश्यक औषधी उपचार गर्ने गरको छ ।

 

सियारी गाउँपालिकाले ७ वटा वडामै रहेका जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको छ । पालिकाले स्वास्थ्य स्वयमसेवक खटाएर जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै आबश्यक औषधी समेत प्रदान गर्दै आएको छ ।

 

स्वास्थ्य परिक्षण तथा औषधी उपचारका लागि पालिकाले एक जना नर्स र एक पारामेडिक्स गरी दुई जना स्वास्थ्य स्वमसेवक खटाएको छ । सियारीमा दुई हजारको हाराहारीमा जेष्ठ नागरिक तथा असक्त असहाय रहेका छन् । पालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि मुटु, मधुमेह, दम, कोलेस्ट्राल लगाएका दिर्घरोगका जाँच गर्दै औषधी समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म १२ सय बढीको स्वास्थ्य परिक्षण गरेको छ ।

 

पालिकाले उहाँहरुको रगत, पिसाव, खकार, मलेरिया जाँच पनि गर्ने गरेको छ । गाउँपालिकाले गरेको कार्यबाट स्थानिय जेष्ठ नागरिक खुसि देखिएका छन् । उहाँहरुले घरमै उपचार पाउदा आफुहरुलाई निकै सहज भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

 

घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि उपचारमा सहज होस् भन्ने उदेश्यले घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा औषधी प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

 

उहाँले जेष्ठ नागरिकहरुका लागि शुरु गरिएको यो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर औषधी उपचार गर्ने कार्यक्रम देखि लिएर सुत्केरी महिलासंग उपाध्यक्ष लगाएतका कार्यक्रम गर्दै आएको छ ।

 

प्रकाशित मिति : सोमबार, माघ २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij