पाल्पा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० जना पुग्यो , १७ जना घाइते

पाल्पा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० जना पुग्यो , १७ जना घाइते

 

पाल्पा । पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो

घटनास्थलमा मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । राति अबेरसम्म तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपालको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले बताए । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij