महाशिवरात्री पर्वकाे अवसर पारेर बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे छ । महाशिवरात्री पर्वकाे अवसर पारेर बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे छ । शनिबार बुटवल लेडी जेसिज वर्ष २४ काे अायाेजनामा अाउँदै गरेकाे महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे हाे ।गरिएकाे हाे । कार्यक्रममा बाेल्दै सिद्धबाबा धाम विकास समितिका अध्यक्ष नारायण प्रसाद अाचार्यले बुटवल लेडी जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक क्षेत्र राेजेकाेमा खुसी व्यक्त गर्दै अन्य यस्तै सामाजिक कामहरू गर्न अाग्रह गरे ।

कार्यक्रममा पूर्व अध्यक्ष जेसी ज्ञानधरा पन्थले वातावरण सफा र स्वच्छ भएमा मात्रै हामीले सबै काम गर्न सकिने भन्दै सिद्धबाबा धाम परिसरकाे सरसफाइले राम्रो सन्देश दिएकाे बताइन् । नेपाली सेना गरूण दल गणकाे सहभागितामा मन्दिर परिसरमा रहेकाे फाेहर संकलन गरिएको थियाे । नेपाली सेना गरूण दल गण रामनगर ब्यारेकका सेकेन्ड लेफ्टिनेन्ट कृष्णबहादुर चन्द , बुटवल लेडी जेसिज वर्ष २३ का अध्यक्ष कमला लम्साल , सल्लाहकारहरू सिनेटर राधिका पाेखरेल , जेसी कल्पना पाण्डे र वर्ष २४ का पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियोे ।

कार्यक्रमकाे समापन गर्दै वर्ष २४ का अध्यक्ष संगीता ढकालले अमूल्य सहयाेग गरेकाेमा सबैलाई धन्यवाद व्यक्त गर्दै जेसिजकाे सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसर सरसफाइ गरिएको बताइन् । बुटवल लेडी जेसिजकाे चारवटा क्षेत्रअन्तर्गत सामाजिक क्षेत्रमा रहेर काम गरेकाे अध्यक्ष ढकालकाे भनाइ छ । महासचिव रूपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा जेसी कृति पाण्डेले जेसिजकाे भिजन र मिसन प्रस्तुत गरेकी थिइन् भने अपूर्वा खनालले जेसिजकाे अास्था वाचन गरेकी थिइन् । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सपना ज्ञवाली गैह्रेकाे स्वागत रहेको थियाे ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्