रुपन्देही सेवा समाज युएईद्वारा महावीर पुनको अभियानलाई सहयोग , सबैलाई सहयोग गर्न अाग्रह

रुपन्देही सेवा समाज युएईद्वारा महावीर पुनको अभियानलाई सहयोग , सबैलाई सहयोग गर्न अाग्रह

बुटवल

वीरगन्जकाे कृषि अाैजार कारखाना सञ्चालनका लागि देश दाैडाहमा रहेका नेपालका वैज्ञानिक डाक्टर महावीर पुनकाे पुस्तक खरिद गर्ने क्रम बढिरहेको छ । मंगलबार    बुटवल ट्राफिक चाेकमा अायाेजित कार्यक्रममा रु पचास हजारकाे पुस्तक खरिद गरी पुनलाई रकम हस्तान्तरण गरिएको थियो l
रुपन्देही सेवा समाज युएई तथा लुम्बिनी वेल्फेयर सोसाइटी नेपालकाे अग्रसरतामा मंगलबार ६७ वटा पुस्तक खरिद गरिएकाे समाजले जनाएको छ । डाक्टर महावीर पुनको अभियानलाई सहयोग गर्न साे रकम बराबरकाे पुस्तक खरिद गरिएको लुम्बिनी वेल्फेयर साेसाइटीका अध्यक्ष डि एल शर्माले बताए ।

कार्यक्रममा अध्यक्ष डी एल शर्मा , रुपन्देही सेवा समाज युएईका पूर्व अध्यक्ष हरी चापागाई , सुवास पोख्रेल , तिलमाया भट्टराई , कल्पना भट्टराई , कल्पना थापालगायतको  उपस्थितिमा पुनद्वारा लेखिएको ६७ वटा पुस्तक खरिद गरिएको जनाइएको छ ।

यो अभियान राजनैतिक पार्टीहरु र सरकारको निम्ति ठूलो चुनौति रहेकाे कार्यक्रमका सहभागीहरूले बताएका छन् । सरकारले आफै गर्नु पर्ने काम एउटा व्यक्तिले गरेकाे र महान सपना पूरा गर्न घामपानी नभनी जनताको घर दैलोमा पुगेर पुस्तक बिक्रीवितरण गरेकाेमा प्रशंसा व्यक्त गरे । पुस्तक किनेर सहयोग गर्न कार्यक्रममार्फत सबैलाई अपिल गरिएको अध्यक्ष डिएल शर्माले बताए ।yb

प्रकाशित मिति : बिहिबार, बैशाख ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij