दाङको हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट

दाङको हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट

दाङ

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।

सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा २५ वटा घर थिए।तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्।

आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो। आगलागी भएका सबै घर खरले छाइएका थिए। जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन्।नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो।

प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij