तिलाेत्तमा
दगातुन्डाँडा रूपन्देही सम्पर्क समाजकाे दाेस्राे वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराईकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रम बाेल्दै प्रमुख अतिथि भट्टराईले समाजले छाेटो समयमा सांस्कृतिक क्षेत्र र जेष्ठ नागरिकहरुको सम्मान गरेकाेमा प्रशंसा व्यक्त गरे ।
अध्यक्ष चाणक्य अधिकारीले संस्थाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थालाई अार्थिकरूपमा सहयोग गर्ने बाबुराम खराल , अर्जुन सापकोटा , हाेमनाथ पाेखरेल , मिना पाेखरेल र चन्द्रकान्त खराललाई निलच्रक र पद्मचक्र दानवीर पदले विभूषित गरि सम्मान गरिएकाे थियाे । त्यसतै संस्थाका ८० वर्ष पूरा गरेका ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियाे । इन्द्रमणि खराल , डिलाराम खराल , अाेम बहादुर अधिकारी , झकबहादुर थापा , डिलकुमारी अर्याल , कुन्ता कुमारी खराल , मनि कुमारी थापा र रश्मी थापालाई सम्मान गरिएको थियाे ।
त्यसैगरी संस्थालाई विभिन्न समयमा सहयोग गर्ने बेलबहादुर सलामी , कला सांस्कृतिक संरक्षण मञ्च बडिगाड १ बागलुङ , माया पुन , अम्मर बहादुर भुजेल , नरबहादुर पुलामी , विक्रम थापा , बेल बहादुर थापा , टेकबहादुर सलामी र धनबहादुर थापालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
अार्थिक वर्ष ७९/८० मा संस्थाद्वारा अायाेजित स्वास्थ्य शिविरमा महत्त्वपूर्ण सहयोग गर्ने घनश्याम खराललाई प्रशंसा पत्र र चन्द्र प्रकाश वनलाई सम्मान गरिएको संस्थाले जनाएको छ । १५७ जना अाजिवन र २५ जना साधारण सदस्य रहेकाे संस्थामा १३ सदस्यीय कार्यसमिति रहेकाे छ । दगातुन्डाँडा गैडाकोट सम्पर्क समाजका अध्यक्ष गोकर्ण मरासिनी , नेत्र वन , सिमा वन , खडानन्द खराल , चन्द्रमणी खराल , झक बहादुर थापा , होमनाथ पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।अध्यक्ष चाणक्य अधिकारीकाे अध्यक्षता उपाध्यक्ष मिना खरालकाे स्वागत रहेकाे कार्यक्रमकाे सञ्चालन सचिव इन्द्रमणि अर्यालले गरेका थिए । दगातुन्डाँडा बागलुङबाट अाई रूपन्देहीमा रहेर विभिन्न पेशा व्यवसायमा अावद्ध रहेका व्यक्तिहरू संस्थामा अावद्ध रहेका छ
प्रकाशित मिति : शनिबार, बैशाख २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्