बुटवलबुटवल उपमहानगरपालिका ३ मा ह्याप्पीनेश कार्यक्रम सुरू भएकाे छ । बुटवल लेडी जेसिज वर्ष २४ काे अायाेजनामा अाइतबारबाट ह्याप्पीनेश कार्यक्रम सुरु भएकाे हाे । बुटवल ३ मा रहेकाे कृष्ण प्रणामी सेन्टरमा ज्येष्ठ पाँच गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।द अार्ट अफ लिभिङ बुटवलकाे सहयाेगमा हरेक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म याेग र प्रणायामका अभ्यासहरू हुनेछन् । अहिलेकाे व्यस्त समयमा मानिसले अाफ्नाेलागि पनि केही समय दिनुपर्ने भन्दै यस कार्यक्रम गरिएको वर्ष २५ का अध्यक्ष संगीता ढकालले बताइन् । सन १९९६ मा स्थापना भएकाे संस्था सामाजिक सेवामा समर्पित हुँदै अाइरहेकाे छ । बुटवल लेडी जेसिजले हरेक महिना समयअनुसारका विभिन्न रचनात्मक र सृजनात्मक कार्यक्रमहरू गर्दै अाइरहेकाे छ । कार्यक्रम यहि ज्येष्ठ ५ गते सम्पन्न हुने कार्यक्रम संयाेजक पुनम पन्तले जानकारी दिइन् । कार्यक्रममा १८ वर्षभन्दा माथिका महिला पुरूष सहभागी हुन पाउने छन् ।पूर्व अध्यक्ष तथा खेम अाेमी पुन कल्याणकारी प्रतिष्ठानका अध्यक्ष जेसी अाेमी पुनले दीप प्रज्जलन गरी कार्यक्रम सुरू भएकाे कार्यक्रममा दीप बाेर्डिङका प्राचार्य टीकाराम न्याैपाने , वडा नम्बर ३ का हरि मिश्रा , उज्ज्वल कसजु , सहजकर्ता भारती जाेशी , लेडी जेसिजका पूर्व अध्यक्ष विद्या जाेशीलगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्