नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन

नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन

भैरहवा- नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । शुक्रबार भैरहवामा भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । भैरहवा निवासी गुप्ता मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, उपाध्यक्षमा सालिकराम क्षेत्री महासचिवमा राजकुमार गुप्त, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा दान बहादुर जि.सी. र सह–कोषाध्यक्षमा दिनेश गुप्ता रहेका छन् । त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे, दिपक पौडेल, प्रविण गैरे, सुमित कौशल, धिरज अग्रहरी, ऋषि न्यौपाने, पुरुषोत्तम खनाल, ईश्वर घिमिरे, सन्तोष श्रेष्ठ र मुक्तिराम न्यौपाने रहेका छन् । त्यस्तै संघको मानार्थ सदस्यमा सन्तोष नाउ रहेका छन् । नेपाल मोबाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष डी.एन. भण्डारीको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव रमेश घिमिरे, केन्द्रीय सदस्य विष्णु ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघको लुम्बिनी प्रदेश सचिव विकास गौतमले गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij