बुटवल- “सुन्दर पहिरहनले व्यक्तित्वमा निखारता आउनेछ“ भन्ने नारासहित बुटवलमा दिया डिजाईनर बुटिक सञ्चालनमा आएको छ । लेडिजका सम्पूर्ण कपडासहित बुटवल – ११ कालिकानगरस्थित शिवालय मन्दिर अगाडि १५ लाखको लगानीमा बुटिक सञ्चालनमा आएको हो । फेसन डिजाईनरसहित राखेर सञ्चालन गरिएको बुटिकमा ५ जनाले रोजगार समेत प्राप्त गरेका छन् ।

बुटिकको एक कार्यक्रमका बिच हिमान्शु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर हिरा पेग्नीले उद्घाटन गर्दै व्यवसाय सफलताको दिनुभयो । लामो मेहनत र संघर्षले बुटिक सञ्चालन गर्न सफल भएको भन्दै पेग्नीले प्रशंसा व्यक्त गर्नुभयो । साथै उहाले बुटवलका लागि मात्रै नभएर यो बुटिक लुम्बिनी प्रदेशकै लागि अति आवश्यक रहेको भन्दै सबैको रोजाइमा बुटिक पर्ने विश्वास व्यक्त गर्नुभयो ।

आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको ‘दिया डिजाइनर बुटिक’ले युवा लक्षित, आधुनिक डिजाइनका पहिरन उपलब्ध गराउने बताइएको छ ।
नेपाली युवा पुस्तालाई कपडा व्यवसाय र उद्यमतर्फ प्रेरित गर्ने उद्देश्य रहेको सञ्चालक अस्मिता न्यौपानेले बताउनुभयो । स्वरोजगार र उद्यमशीलतर्फ उत्प्रेरणा जगाउने हाम्रो लक्ष्य हो,’ न्यौपानेले भन्नुभयो, ‘युवा पुस्तालाई हौसला, उत्प्रेरणासगै स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिन चाहेको धारणा राख्नुभयो।

बुटवलमा यस्तो किसिमको आधुनिक बुटिक आवश्यक भएकै कारण आफूले सञ्चालन गर्ने प्रयास गरेको समेत उहाले बताउनुभयो। बुटिकमा लेडिजहरुलाई चाहिने अफिसियल, बिहे, पार्टी, ब्रतबन्ध, बर्थडे, एनिभर्सरीलगायत सबै किसिमको डे«स र देश तथा विदेशमा अनलाइन सेवा पनि उपलब्ध हुनुको साथै विभिन्न ड्रेस भाडामा उपलब्ध रहेको सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।

अब लेडिजका लागि चाहिने सबै प्रकारका आधुनिक किसिमले बनाएका कपडा एउटै ठाउँमा उपलब्ध हुने भएपछि ग्राहकहरुलाई पनि सहज हुने सञ्चालकको भनाई छ । उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी फुलु सुनारले गर्नुभएको हो ।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्