जेसीज सप्ताहकाे दाेस्राे दिन साैन्दर्यकला सेमिनार सम्पन्न

जेसीज सप्ताहकाे दाेस्राे दिन साैन्दर्यकला सेमिनार सम्पन्न

जेसीज सप्ताहकाे दाेस्राे दिन साैन्दर्यकला सेमिनार सम्पन्न भएको छ । बुटवल महिला जेसीजकाे अायाेजनामा साेमबार साे सेमिनार सम्पन्न भएकाे हाे ।
जेसीजकाे व्यक्तित्व विकास , नेतृत्व विकास , सामाजिक विकासलगायतका क्षेत्रमा काम गर्दै अाएकाे बुटवल महिला जेसीजले दाेस्राे दिन व्यक्तित्वमा निखार ल्याउन साैन्दर्यकला सेमिनार गरेकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि रेणु श्रेष्ठले साैन्दर्यले महिलाको व्यक्तित्वमा प्रभाव पार्ने बताइन् । प्रशिक्षकसमेत रहेकी श्रेष्ठले महिला भित्री रुपमा सुन्दर हुन जरुरी भएसँगै बाहिरीरुपमा पनि सुन्दर हुन जरुरी रहेको बताइन् । प्रशिक्षक श्रेष्ठले पछिल्लो समय व्युटिसियन क्षेत्रले व्यक्तिको व्यक्तित्व झल्किने साथै देश र विदेशमा पनि यसकाे डिमाण्ड रहेकाे बताइन् । सेमिनारमा प्रशिक्षक श्रेष्ठले विशेषगरी छालाको हेरचाह कसरी गर्ने भन्ने शीर्षकमा प्रकाश पारेकी थिइन् भने सहभागीहरूले अाफ्ना छालासम्बन्धि समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरू रुपा पाण्डे , राधिका पाेखरेल , अनुपमा श्रेष्ठ , कमला लम्साललगायत सल्लाहकारहरूकाे उपस्थिति रहेको थियाे । बुटवल महिला जेसीजका अध्यक्ष संगीता ढकालले सेमिनार सबैकाे लागि फलदायी रहेकाे बताइन् ।
महासचिव रुपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा
कार्यक्रम संयाेजक अमिसा उपाध्यायले स्वागत गरेकाे मूल संयाेजक जेसी सपना ज्ञवाली गैह्रेले जानकारी दिइन् । यस्तै २९ गते मंगलबार दिउँसो २ बजे ज्येष्ठ तिलाेत्तमा ४ मा रहेकाे ज्येष्ठ नागरिक मिलन केन्द्रमा ज्येष्ठ  नागरिकसँग बुटवल लेडी जेसीज भाेजन अर्पणसाथै भजन कृतन हुने कार्यक्रम संयाेजक जेसी भगवती बेलबासेले जानकारी दिइन् ।

प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij