एउटा सुख्खा रोटी मा लुछाचुँडी थियो
बिहान आटो पाक्दा आंखा मा आंशुहुन्थे
दिउँसो त्यै रहेको आटो खादांनी लडाईं थ्यो
एकले अर्कालाई उछिन्न पर्नी
घांस काट्ने डोको सानो चाहिन्थ्यो,
नाम्लो आफ्नै रोजाइको,
हंसिया धेरै लाग्ने
तर
मिठो मसिनो पाक्दा सानो,थोरैले नपुग्ने
उसले खाएको मिठो लाग्थ्यो, धेरै लाग्थ्यो
पढ्दा लेख्दा सबै नयाँ, ठूलो कापी,महंगो कलम
लत्ताकपडा, जुत्ता चप्पल मेरो नराम्रो उसको राम्रो
लडाईं त कति भयो न सम्झेर सकिने न बिर्सनै
ति दिन ऐले भएको भय
ऐले त न दाइको कुरा न भाइको कुरा
फुर्सदै छैन, भाई सरकारी जागिरे
दाइ परदेश पसे , जहान केटाकेटी सबै उतै फसे
म ,
म न यता न उता
न सरकारी जागीर खान सकें
न , परदेश
घरदेशमा कहिले अभाव,
कहिले पिडा अनि
जिम्मेवारी को पहाडले थिचिँदा थिचिँदा पत्तै भयन
यादको पोखरीमा चुर्लुम्म डुबेका छन् मनका पानाहरू
तैरिन नसक्ने गरी
मनमा नानाभाँती कुरा खेल्दा
बांड्ने साथि छैन,
एक झर्को रिसाउँदा
जिस्काउने न त दाइ छेउमा छन् नत भाइ नजिक
उ बेला एउटा रोटीको लडाई सम्झेर उदेक लाग्छ
करेसाबारी जडिबुटी,
भान्सा औषधालय
र आमा डाक्टर थिइन् ।
छोराछोरीको लागि पटुकामा केही त हुन्थ्यो
तर,
आफ्नो लागि कसौंटीको पिंधका चार सिता भात
अनि कराहिमा लागेको तरकारीको कांठो मात्र
उ बेला आमा भोकै छन् भन्ने नै भयन
अहिले आमालाई केही खानै मिल्दैन
बिडम्बना
अहिले आमा म छु
अनी मेरो ठाउँमा मेरा छोराहरु
अहिले यीनैलाई हेरेर बालापन,मेरी आमा,
अनी मेरो बाबा सम्झिरहन्छु।
प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्