नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई

नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई

काठमाण्डाै – नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले बधाई दिएको छ । केही दिनअघि संसदबाट टीआरसी विधेयक पारित भएको थियो । यसले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने अवस्था बनेको भन्दै अमेरिकाले बधाई दिएको हो ।नेपाल भ्रमण क्रममा आज काठमाण्डौ आइपुगेका अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भएको भेटमाkoo बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो । भेटमा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल सन् २०२६ भित्र अल्पविकसित देशबाट स्तनोन्नति हुने क्रममा रहेको र नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij