राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ मेची-महाकाली अभियानकाे टोली बुटवलमा

राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ मेची-महाकाली अभियानकाे टोली बुटवलमा

बुटवल,४ भदौ

राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ मेची-महाकाली राष्ट्रिय अभियान टोलीले मंगलबार बुटवलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

गत साउन २१ गते मेचिकाे इलामबाट संयोजक दुर्गा प्रसाईंले उद्घाटन गरेको अभियान १५ औं दिन मंगलबार बुटवलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत गठित उच्चस्तरीय कार्यदलकाे मेची-महाकाली राष्ट्रिय अभियानले अभियानसँग सम्बन्धित ब्यक्तिहरूमा जागरण,प्रशिक्षण तथा संगठन सुदृढीकरण कार्यक्रम गर्दै आएको कार्यदलले जनाएको छ ।

कार्यक्रममा उच्चस्तरीय कार्यदल संयोजक हरिकुमार श्रेष्ठले अभियानबारे जनताको धारणा,सुझाव तथा भावि कार्यक्रमबारे जागरण,प्रशिक्षण तथा संगठन सुदृढीकरण गर्ने उदेश्यले मेची-महाकाली राष्ट्रिय अभियान सुरु गरेको जानकारी गराए ।

अभियानका क्रममा जनताका सुझाव,सल्लाहलाई दस्तावेजिकरण गर्नुका साथै त्यसका आधारमा आगामी कार्यक्रम तय गर्ने उनले बताए ।

 

कार्यदलका सदस्य तथा लुम्बिनी प्रदेश संयोजक प्रेम थापा मगरले अभियानकाे समिक्षा र जनविद्राेहकाे तयारीका लागि मेची-महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको भन्दै जनविद्राेहकाे बिकल्प नभएको बताए ।

 

कार्यक्रममा उच्चस्तरीय कार्यदल सदस्य ओमप्रकाश लुइँटेल,अभियानका रूपन्देही संयोजक शंकर काेइराला,कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु थापा,लुम्बिनी बचाउ अभियानका संयोजक अक्रम खान,अभियानका जिल्ला सचिव बशन्त थापा,बुटवल नगर अध्यक्ष चेतनाथ शर्मा,ऋणी एशाेसिएशन जिल्ला अध्यक्ष सुरज थापालगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : मंगलबार, भाद्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij