दाङ
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालयसमेत रहने निर्णय गरेको हो ।
त्यस्तै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । यी दुई डिभिजनले प्रदेशको पर्यटन क्षेत्रसँग सम्बन्धि काम गर्दै आएका थिए ।
मन्त्रिपरिषद् बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले उक्त प्रस्ताव पेश गरेका हुन् । पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले आफूले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको मन्त्री न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्