द्वन्द पीडितले न्याय पाउनेमा आशंका जिवितै : शान्ति समाज

द्वन्द पीडितले न्याय पाउनेमा आशंका जिवितै : शान्ति समाज

बुटवल,५ असोज ।

मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति तथां सल्लाहकार गोविन्द खनालले द्वन्द पीडितले न्याय पाउनेमा आशंका जिवितै रहेको बताएका छन् ।

 

बिस्तृत शान्ति सम्झौताको भावना, मानव अधिकारका अन्तराष्ट्रिय स्तरमा स्थापित मुल्य र मान्यता अनुसार द्वन्द

पीडितहरुलाई न्याय र पीडकलाई सजाय हुने कुराको सुनिश्चितता अझै हुन नसकेको खनालले बताए ।

 

त्रिचालिसौं बिश्व शान्ति दिवशका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा आयोजना गरेको प्रदर्शनमा बोल्दै खनालले ढिलो भएपनि संक्रमणकालिन न्याय सम्बन्धी कानुन निर्माण हुनु सन्तोषजनक भएको उल्लेख गरेका छन् । तर कार्यान्वयनमा इमान्दार प्रयास हुनुपर्ने कुरामा उनले जोड दिएका छन् ।

 

खनालले संक्रमणकालिन न्याय प्रक्रियालाई टुगोमा पुराउन नदिने

षडयन्त्र हुन सक्ने र सौदावाजी गर्नेका विरुद्ध पीडित पक्ष तथा आम शान्तिप्रेमी न्यायप्रेमी समुदायले शसक्त आवाज उठाउन जरुरी रहेको बताए ।

 

सो अवसरमा संक्रमणकालिन न्याय प्रक्रियालाई टुगोमा पुराउन

पिडितलाई न्याय पिडकलाई सजाय सुनिश्चित गर र आयोगमा पिडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर लगाएत नारा उल्लेख गरिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो ।

 

प्रदर्शनमा रसिया र युक्रेनबिचको युद्ध र ईजरायल र प्यालेस्टाईन बिचको युद्ध तत्काल अन्त्य हुनुपर्ने र त्यसका लागि संयुक्त राष्ट्र संघले निरिहतापन देखाउन नहुनेमा बक्ताहरुले जोड दिएका थिए । प्रदर्शन पश्चात बिश्व शान्तिको कामना गर्दै पुष्पलाल पार्कमा दिप प्रज्वलन गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, असोज ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij