काठमाडौँ,
यस वर्षको दसैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले शुक्रबार सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गर्ने र ११ बजेर ३६ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने जनाएको हो ।
समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।
समितिले टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने र लगाईदिने पश्चिम फर्केर टीका लगाईदिनुपर्ने समितिले उल्लेख गरेको छ ।
असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ सकिने छ ।
प्रकाशित मिति : शनिबार, असोज ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्