शनिबारदेखि हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला,चालक र सहचालक अझै बेपत्ता

शनिबारदेखि हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला,चालक र सहचालक अझै बेपत्ता

उद्धार गर्दै सशस्त्र प्रहरी काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण काठमाडौँको शङ्खमुलमा बाढीमा फसेका नागरिकको उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिरः विमलबहादुर विष्ट÷रासस

बुटवल, १३ असोज ।

हिजो (शनिबार) बिहान देखि हराइरहेको दुध बोक्ने गाडी

रूपन्देहीको भैरहवा स्थित घाघरा खोलामा फेला परेको छ ।

रूपन्देहीको सम्मरीमाई दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो ।जीप चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जीप फेला परेको जानकारी दिए ।

फेला परेको गाडी क्रेन मगाएर निकाल्ने प्रयास भइरहेको र

बेपत्ता चालक र सह–चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै थियो ।

सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जीप हराएको आकलन गरिएको थियो ।

 

शनिबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरे पनि आइतबार मात्रै जीप फेला परेको हो ।

प्रकाशित मिति : आइतबार, असोज १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij