राप्रपाले देशको माटो सुहाउँदो क्रान्तिको कुरा गरेको  राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)

राप्रपाले देशको माटो सुहाउँदो क्रान्तिको कुरा गरेको  राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)

भैरहवा,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले राप्रपा रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा राप्रपाले देशको माटो सुहाउँदो क्रान्तिको कुरा गरेको बताए ।

उनले विदेशी स्याउ आयातमा रोक लगाउनुपर्ने आफूले पटकपटक माग गर्दै आएको बताए । उनले भने, ‘जुम्लाको स्याउको ब्राण्डिङ भएको छ । पाँच करोडको स्याउ बुटवलमा विक्री भयो । किसानको हातमा पैसा आएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन गर्नुपर्छ ।’

उनले वार्षिक ४ खर्बको कृषि सामग्री नेपालमा आयात भइरहेको र त्यो पैसा रोक्न सके १० लाखका लागि रोजगारी सिर्जना हुने र नेपाली विदेश जानबाट रोक्न सकिने बताए ।

राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका शाहीले विदेश परस्त नीतिका कारण सुन्दर देश भएर पनि नेपाल गरीब भएको बताए । उनले विदेशी चीज प्रयोग गरे, मगाए, वा खाए गाउँघरमा आफूलाई ठूलो ठान्ने प्रवृत्तिको विकास भएको बताए । ‘विदेशी सामान सजिलै आयात हुन्छन् । हजारौं व्यवसायी, उद्योगी, किसान पलायन भए । देश भाषणले बन्ने होइन, उद्योग, व्यवसाय, कृषि, कलकारखानाले बन्छ । देश नीतिले बन्छ, ’शाहीले भने ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता रहेकामा जोड दिए । प्रवक्ता शाहीले देशको अवस्था सुधार्न यो व्यवस्था फाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशको व्यवस्था र अवस्था सुधार्नपर्छ । यहाँ व्यक्ति खराब होइन, व्यवस्था खराब हो । नत्र जो प्रधानमन्त्री भए पनि किन असफल हुन्छन् ?’ उनले राप्रपा इमान्दारिता साथ अघि बढेको दावी गरे । उनले पार्टीले कार्यकर्ताको शिर निहुराउने काम नगरेको उल्लेख गरे ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य राजेन्द्र प्रजापतिले राप्रपा कमजोर नभएको बताए । उनले राप्रपा भ्रष्टाचार विरोधी पार्टी भएको बताए ।

बागमती प्रदेश सभा सदस्य नुरज बज्राचार्यले २०८४ मा देश राप्रपामय बन्ने दावी गरे । राप्रपा रुपन्देहीका कार्यबाहक जिल्ला अध्यक्ष अजय कुमार गुप्ताले अन्नको भण्डार भनेर चिचिने रुपन्देहीमै कृषि सामग्री आयात गर्नुपरेको बताए । उनले कृषिप्रधान देश नेपालमा किसान मर्कामा परेको बताए ।

राप्रपा रुपन्देहीका कार्यबाहक अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला सदस्य एवं सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को स्वागत तथा जिल्ला सह–सचिव शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij