एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन यही कार्तिक १२ गते हुने

एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन यही कार्तिक १२ गते हुने

भैरहवा,

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन यही कार्तिक १२ गते हुने भएको छ । आइतबार भैरहवामा बसेको नगर कमिटीको पूर्ण बैठकले कार्तिक १२ गते सोमबार बिहान ११ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेटमा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।

नगर अधिवेशनका लागि यही कार्तिक ९ गते शुक्रबार दिउँसो १ बजे १३ वटै वडामा प्रतिनिधि छनौट गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ । जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष चक्र बहादुर थापा रहेका छन् । त्यस्तै आर्थिक समितिमा अर्जुन कुमार गिरी, मञ्च व्यवस्थापनमा कुमार गुरुङ, प्रतिनिधि व्यवस्थापनमा माया कंडेल, प्रचार प्रसार समितिमा शशि पन्थी र स्वयंसेवक व्यवस्थापनमा नर्जुन गुरुङ रहेका छन् ।

एमाले सिद्धार्थनगरका उपसचिव कुमार गुरुङको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij