आज विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने तयारी

आज विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने तयारी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । विपक्षी दलहरुले बाढी पहिरोपछिको राहत उद्धार र पुन: निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

यस अघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र तयार गर्न माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदल बनाएको थियो ।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij