काठमाण्डौ – जलवायुसम्बन्धी सम्मेलन कोप–२९ लाई अर्थपूर्ण बनाउन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । वन तथा वातावरण मन्त्रालयले काठमाण्डौमा ‘राष्ट्रिय जलवायु सम्मेलन’ काे आयोजना गरेको हो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा.सिन्धुप्रसाद ढुङ्गानाले आउँदो नोभेम्बर ११ देखि २२ तारिख अर्थात् (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
कोप सम्मेलनमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र नेपालको सहभागितालाई अर्थपूर्ण बनाउन यसले सहयोग पुग्ने उहाँको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयले विज्ञ तथा सरोकारवालासँग कोपमा प्रस्तुत गर्ने एजेन्डा र भूमिकालगायत विषयमा आयोजना गरेको तीनदिने गोष्ठी हिजो सकिएको छ ।
जलवायु परिवर्तनमा नगन्य भूमिका रहेका नेपाललगायतका विकासोन्मख देशहरुलाई जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि आवश्यक लगानीका लागि धनी देशहरुले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने भन्दै विगतका कोपमा जस्तै नेपालले यस पटक पनि आवाज उठाउने तयारी गरेको छ । यससँगै जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने नेपालले अडान छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्