बुटवल ,
बुटवलको कालिकानगर स्थित अमर भवनमा आगलागी भएको छ । भवनको चौथो तलामा रहेको किचनमा खाना पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट चौथो तलामा क्षति पुगेको छ । आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको एकीन विवरण संकलनको काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्