दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ कमलरोड बस्ने २२ वर्षीय प्रेम राना रहेको जिल्ला प्रहरी कार्यालय दाङका पवक्ता ईश्वर थापाले जानकारी जानकारी दिनुभयो ।
प्रहरीका अनुसार लमहीबाट गढवातर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रानालाई उपचारका लागि तत्काल लमही अस्पताल पुर्याइए पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्