प्रधानमन्त्री केपी शर्मा ओली बिरामी

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी

काठमाण्डौ ,

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । हिजो दिउँसोदेखि ओलीलाई हलुका ज्वरो आएको र अफ्ठेरो महसूस भइरहेको उहाँको सचिवालयले जनाएको छ ।

ओलीको रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । उहाँले अहिले सरकारी निवास बालुवाटारमै आराम गरिरहनुभएको छ ।

आज प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको सचिवालयले जनाएको छ । उहाँलाई थप अफ्ठेरो भएमा अस्पताल भर्ना गर्ने तयारी छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij