कालीकोट दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो

कालीकोट दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो

कालीकोट – कालीकोट–पलाँता गाउँपालिका–३ मा हिजो आइतवार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ ।

उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ का ५१ वर्षीय जीप चालक धनीराम रावतको ज्यान गएपछि मृतकको सङ्ख्या सात जना पुगेको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताउनु भयो ।

यसअघि पलाँता– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता– ५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको भने हिजो घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो दुर्घटना भएको हो ।

प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij