सम्झौतामा १० वटा परियोजना मुख्यगरी समावेश गरिएका छन् । यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथाङ्का–खाँदबारी सडक र किमाथाङ्का पुल, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनालगायत रहेका छन् । सम्झौतामा चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको टिप्पणी गरेकै भोलिपल्ट आज सरकारले दस्तावेज सार्वजनिक गरेको हो । सम्झौता मन्त्रालयको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्