इडन स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

इडन स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल -इडन स्कुल बुटवल नहरपुरले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्षको एस.एल.सि. को नतिजामा इडन स्कुलले शतप्रतिशत नतिजा प्राप्त गरेको थियो । कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्राचार्य शिवहरी भट्टराईले रुपन्देहि जिल्लामामै शतप्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउने विद्यालय इडन मा. वि.भएको उल्लेख गर्दै उक्त नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई पनि सोहि पथमा अगाडि बढ्न आग्रह गर्नुभयो । सिकाइ जहाँ जुन ठाउँ मा प्राप्त गरेपनि राष्ट्र र राष्ट्रियता विर्सनु नहुने उल्लेख गर्नु भयो । कक्षा १२ का छात्र नवराज लम्साल को अध्यक्षतामा भएको कार्यक्रममा उप प्राचार्य तथा +2 कोअर्डिनेटर जगत पौडेल , शिक्षकहरु शकुन्तला टण्डन , पार्वती न्यौपाने लगाएतले बोल्दै विद्यार्थीहरुलाई लगनशील भएर पढ्न आग्रह गर्नुभयो । कक्षा १२ कि छात्रा निलम यादव को सन्चालन तथा स्वागतमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका पुर्व सन्चालक अर्जुन शाही ठकुरी, उप प्राचार्य कुशल बस्याल, शिक्षक शिव न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा कक्षा ११ का तर्फबाट निशा अर्याल र एस.एल.सी.मा उत्कृष्ट अङ्क प्राप्त गरेका छात्र हिरा श्रेष्ठ( निश्चित)ले समेत मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

प्रकाशित मिति : शनिबार, पुष ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij