रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बुटवल ,

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको बोर्ड बैठकले वर्ष २०२५र२६ का लागि दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बोर्ड बैठकले गरेको उक्त निर्णयलाई शनिबार बसेको साप्ताहिक नियमित बैठक तथा क्लव एसेम्ब्लिले अनुमोदन गरेको छ ।
क्लवका अध्यक्ष देबिराम पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रेसिडेन्ट ईलेक्टमा देबिलाल भट्टराई, प्रेसिडेन्ट नोमिनिमा शंकर पाण्डेलाई चयन गरेको हो । त्यसैगरी प्रथम उपाध्यक्षमा अर्जुनप्रसाद आचार्य, द्वित्तीय उपाध्यक्षमा निरञ्जन पोखरेल, तृतीय उपाध्यक्षमा दीपक वास्तोला, सचिवमा किशोरकुमार विक, कोषाध्यक्षमा केशवबहादुर कुवँर तथा सहसचिवमा वसन्त श्रेष्ठ र सहकोषाध्यक्षमा भगवती अर्याललाई चयन गरिएको छ ।
त्यसैगरी क्लव एड्मीन चियरमा लक्ष्मण विक, मेम्बरसिंप चियरमा शारदा भट्टराई, पब्लिक रिलेसन चियरमा राजु गुरुङ, सर्विस प्रोजेक्ट चियरमा राजु चौधरी, टिआरएफ चियरमा सिए बालकृष्ण पाण्डे, हेल्थ कमिटि चियरमा डा सतिस रुपाखेती, फेलोशिप चियरमा एकराज गैरे, सर्जेन्ट एट आम्समा क्लवका पूर्वअध्यक्ष निरज श्रेष्ठ र क्लव इडिटरमा रमेशमणी सुवेदीलाई चयन गरिएको क्लवका प्रेसिडेन्ट ईलेक्ट तथा वर्ष २०२५÷२६ का अध्यक्ष दीपक भट्टराईले जानकारी गराउनु भयो ।
बैठकमा क्लवले गरेका गतिविधिका बारेमा अर्धवार्षिक समिक्षा गरिएको थियो । त्यसअवसरमा एसाइन एजी सुमन गोपालाचार्यले क्लवले धेरै राम्रो काम गरेको बताउँदै महिला सदस्य बढाउन आग्रह गर्नुभयो । बैठकमा पाँचवटै कमिटिका चियरले सम्बन्धित विषयमा क्लवले लिएको लक्ष्य, गरेका गतिविधि र आगामी दिनमा गरिने कार्यक्रमको बारेमा जानकारी गराउँदै लिईएको लक्ष्य उन्मुख भएको जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij