फिलिम हल , अबको बुटवलको पार्किङको थलो

फिलिम हल , अबको बुटवलको पार्किङको थलो

बुटवल,

बुटवलका मुख्य बजार क्षेत्रमा मुख्य ट्राफिक समस्या व्यवस्थापनको लागि नयाँ प्रयास थालनी भएको छ । बुटवलको अमरपथ, रामन्दिर लाईन, विपी चौक लगायतका स्थानमा रहेको पार्कीङ्ग व्यवस्थापनको लागि बुटवल उपमहानरपालिकाले सक्रियता देखाएको हो

बुटवलको मुख्य बजार क्षेत्र अमर पथ, विपि चोक, राममन्दिर क्षेत्रमा रहेको पार्किङ समस्यालाई हटाउन कार्यपालकाबाट निर्णय नै गरी उक्त समस्या हल गर् बनाएर बुटवलको बजारलाई गुल्जार बनाउका लागि बुटवल ६ स्थित पुरानो फिल्म हलको खाली जग्गा १० वर्षका लागि भाडामा लिएको छ ।

जस अनुसार अबदेखि आफ्नै घर अघि तथा व्यवसायीहरूले ती क्षेत्र भित्रमा बजार समयमा ४ पाङ्ग्रे सवारीहरू पार्किङ गर्न पाउने छैन् । बजार समयमा अनिर्वाय रूपमा उक्त क्षेत्रका सवारी साधानहरू पुरानो फिल्म हलमा रहेको खाली स्थानमा लगेर राख्नु पर्ने छ भने पार्किङ्ग बाफतको न्यूनतम शुल्क मात्रै लाग्ने छ । यद्यपी बजारमा किनमेल गर्न आउनेहरूका हकमा भने यो व्यवस्था लागूहुने छैनन् ।

बुटवल उपमहानगरपालिकाले बुटवल उद्योग वाणिज्य संघ, स्थानीय संघ संस्था र टोल विकाससँग लामो समयदेखि छलफल तथा समन्वय गरी यो नियम लागू गरेको हो । यसका लागि पहिलादेखि नै विभिन्न रूपमा त्यस क्षेत्रका व्यवसायी तथा घरधनीहरूलाई जानकारी र सचेत गराउँदै आएको बुटवल उपमहानगरपालिकाले आइतबार बुटवलको विपि चोकमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा सुरुवात गरेको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले अमर पथ, विपि चोक लगायतका क्षेत्रमा अव्यवस्थित पार्किङको कारणले बजार चलायमान हुनका लागि अवरोध गरेको बताए । समयमै नै यसलाई हल गर्न नसकेको बजार अझ खस्कने भएकाले तत्कालका लागि बुटवलको पुरानो फिल्म हललाई पार्किङ क्षेत्र निर्धारण गरिएको बताए ।

‘बुटवलका मुख्य बजार क्षेत्रमा लामो समयदेखि पार्किङको समस्या रहँदै आएको नै थियो । अव्यवस्थित हुँदा विभिन्न दुर्घटना हुनुका साथै बजार चलायमान हुन नै अवरोध भएको थियो । यसकारणले कार्यपालिकाबाट निर्णय नै गरेर यो व्यवस्था मिलाइएको हो,’ नगर प्रमुख पाण्डेयले भने । साथै उनले यो व्यवस्थालाई खुकुलो गराउन भनेर कहि पनि नआउन आग्रह गर्दै यसको पालना नगर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिए ।

यसले बजार गुल्जार हुने र किनमेल गर्नेहरूका लागि सहज वातावरणको निर्माण हुने अपेक्षा गरे । यस्तै बुटवलका अन्य ठाउँमा पनि निश्च्ति पार्किङ क्षेत्र तोक्ने गरी आफूहरू लागेको र छिट्टै निर्धारण गरिने बताए ।

बुटवल उपमहानगरपालिका वडा ६ का अध्यक्ष तथा पार्किङ्ग व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले उपमहानगरपालिकाले तोकेको स्थानमा पार्किङ्ग गरि बुटवललाई सुन्दर बनाउका लागि सबैमा आग्रह गरे । उक्त पार्किङ्ग स्थलमा सिसिटिभि जडान लगायत सबै सुरक्षाको जिम्मेवारी उपमहानगरपालिकाले लिने उनले बताए ।

साथै उनले १ महिनासम्मका लागि उक्त स्थानमा पार्किङ गर्दा कुनै पनि शुल्क नलाग्ने र एक महिना पछि भने दिनको ५० रुपिँया मात्रै शुल्क लाग्ने बताए ।

‘सोमबारदेखि लागु हने गरी १ महिनासम्म कुनै पनि शुल्क लाग्दैन् । १ महिना पछि भने ५० रुपिँया शुल्क लाग्छ । पार्किङ्को शुल्क तिरे पछि एक दिन भित्र जति पटक भित्र बाहिर गर्दा पनि कुनै शुल्क लाग्दै । सोहि शुल्कले नै काम गर्छ,’–अध्यक्ष श्रेष्ठले भने । यसलाई रात्रीकालिन रूपमा समेत पार्किङ्ग गर्न मिल्ने बनाउने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै बुटवल ६ का वडाध्यक्ष लोकनाथ न्यौपानेले जग्गा धनि सन्दिप मास्केसँग १० वर्षसम्म पार्किङ्ग गर्ने गरि सम्झौता भएको बताए । त्यहाँ पार्किङ्ग गर्दा आवश्यक सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्कसँग पार्किङ गर्न सबैमा आग्रह गरे । सुरुमा त्यहाँको सुरक्षाका लागि २ जना गार्डको व्यवस्था गरिएको उनले बताए ।

बुटवल ४ का वडाध्यक्ष नरेश्वर पौडेलले धेरै घरधनि र व्यवसायीहरूसँग छलफल र परामर्श गरी आफुहरू उक्त निर्णयमा पुगेको बताए । बुटवलाई अव्यस्थित पार्किङ र तारले कुरूप बनाएको बताउँदै आफुहरू तारको व्यवस्थापनमा पनि लागि रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले पनि बजार चलायमान हुनमा यसले केही न केही भए पनि सहयोग पुराउने विश्वास व्यक्त गरे । उनले व्यवसायीकै हितमा रहेकाले यसलाई अनिर्वाय रूपमा पालना गर्नका लागि पनि सबै व्यवसायीहरू समक्ष अपिल गरे ।

यस्तै राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मधु सुदन न्यौपानेले केही दिनका लागि पार्किङ्ग स्थानमा जाँदा असहज लागे जस्तो भएतामा पनि पछि सहज हुँदै जाने बताउँदै आफूहरूले यसलाई जसरी पनि कार्यान्वयन गर्ने बताए । नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकालले बजार सुनसान हुँदै जानुमा व्यवसायीहरू पनि दोषि रहेकाले यसलाई पालना गर्नु व्यवसायहीहरूकै हित हुने बताए । अव्यवस्थित पार्किङको समस्या हल भए पनि बजारलाई चलायमान हुनमा टेवा पुग्ने उनले बताए । सोहि कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले राजर्माग सुरक्षा तथा व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मधु सुदन न्यौपानलाई ५ लाख बराबरको ह्वील लंक, वोर्ड लगाएत ट्राफिक साम्रगी हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : सोमबार, पुष १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij